म्याग्लुङ र डेउडी बजारमा आगलागी

aago 1काठमाडौं, । तेह्रथुमको सदरमुकाम म्याग्लुङ र आठराई छातेढुंगाको डेउडी बजारमा आगलागी हुँदा ११ वटा घर जलेर नस्ट भएका छन् ।
आगलागीबाट म्याग्लुङ्ग बजारमा आठ वटा र डेउडी बजारमा तीन वटा घर जलेका हुन् । शनिबार राति भएको आगलागीमा म्याग्लुङ्ग बजारका चिरञ्जीवीमान श्रेष्ठको पाँच वटा, जय प्रसाद ढकाल र  रघुनाथ श्रेष्ठको एक÷एक वटा घर जलेको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।
आगो नियन्त्रण गर्ने क्रममा घर भत्काउँदा नगेन्द्र तिम्सिनाको घर पनि क्षतिग्रस्त भएको छ ।
आगलागीबाट दुई वटा ढाका पसल, इलेक्ट्रोनिक्स पसल, भाँडा पसल, कस्मेटिक, फेन्सी तथा रेडिमेड कपडा पसल, तीन वटा होटल, दुध डेरीलगायतका ११ ओटा पसल जलेर नष्ट भएको पराजुलीले जानकारी दिए ।

प्रतिक्रिया