खोजखबर

परिचय–पत्र वितरण गर्न नसक्नु असक्षमता

सौर्य अनलाइन २०७० असोज २४ गते ६:२३ मा प्रकाशित

Prakashman-Shingकाठमाडौं, २४ असोज । कांग्रेस महामन्त्री प्रकाशमान सिंहले मतदाता परिचय–पत्र वितरण गर्न नसक्ने निर्वाचन आयोगको कार्यप्रति रोष प्रकट गरेका छन् ।
काठमाडौं क्षेत्र नम्वर दुईस्थित पुनारानो बानेश्वरमा आज (बिहीबार) भएको कार्यक्रममा महामन्त्री सिंहले मतदाता परिचय–पत्र वितरण हुन नसके आयोगको असक्षमता देखिने बताए । ‘मतदाता परिचय–पत्र वितरण हुन नसके निर्वाचन आयोगको असक्षमता हुने छ,’ उनले भने, ‘आयोगले परिचय–पत्र वितरण गर्न नसके निर्वाचन निष्पक्ष हुन सक्दैन ।’
परिचय–पत्र छपाईको टेण्डर गर्ने विषयमा कुरा नमिलेर मतदाता परिचय–पत्र वितरणमा भएन भन्नु उपयुक्त तर्क नरहेको महामन्त्री सिंहको भनाई छ । ‘अन्तिम क्षणमा आएर टेण्डरको विषय देखाएर मतदाता परिचय–पत्र छपाई नहुँनु भनेको लाजमर्दो कुरा हो,’ उनले भने, ‘मतदाता परिचय–पत्र वितरण हुन सकेन भने निर्वाचन निष्पक्ष हुँदैन ।’
आयोगले आफ्नो असक्षमता लुकाउन विभिन्न बहानाबाजी गर्न नपाउने उनले बताए । ‘मतदाता परिचय–पत्र वितरण गर्न नसक्ने कार्यले आयोगप्रति अविश्वास पनि बढ्न थालेको छ,’ उनले भने ।
टेण्डरका कारण देखाउँदै आयोगले मतदाता परिचय–पत्र वितरण गर्न नसक्ने जनाए पछि महामन्त्री सिंहले सो विषयको विरोध गरेका हुन् ।
एमाओवादीको राज्यसक्ता कब्जा गर्ने ध्यानका कारण अघिल्लो संविधानसभा विघठन भएको महामन्त्री सिंहले आरोप लगाए । ‘एमाओवादीले सधैं सत्ताकब्जा गर्ने सपना देखेकाले नयाँ संविधान बन्न सकेन,’ उनले भने, ‘यस पटक कांग्रेसको बहुमत आएपछि नयाँ संविधान जारी गर्छौं ।’

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय