पोर्नस्टार सन्नी बच्चा जन्माउन चाहन्छिन्

Sunny-Leoneपोर्नस्टार सनि लियोनले एक साक्षात्कार कार्यक्रममा आफ्नो व्यक्तिगत जीवनका बारेमा खुलेर कुरा गरेकी छिन् । पोर्न स्टारका रूपमा चर्चित सनि पछिल्लो समय बलिउडमा संघर्षरत छिन् । साक्षात्कारमा एडल्ट फिल्म खेल्दा परिवारले जनाएको आपत्तीका बारेमा समेत उनले बताएकी छिन् जहा सनिले आफ्नो श्रीमानको बारेमा भने निकै प्रशंसा गरेकी छिन् । साक्षात्कारमा सनिले भनेकी छिन्, जब उनी बलिउडसंग जोडिइ तब उनले नया र अलग जीन्दगीको सपना समेत देख्न थालिन् ।
बलिउडमा समेत राम्रैसंग जमेकी सनि पछिल्लो समय पनि पोर्न फिल्ममा अभिनय गरिरहेको बताईन्छ तर उनले भने यो कुरा अस्वीकार गरेकी छिन् । उनले भनिन्, ‘जब मैले बलिउडमा अभिनय सुरु गरे, पोर्न फिल्म खेल्न छोडेकी हु ।’ पोर्न फिल्ममा खेल्ने गरेको बारे परिवारले थाहा पाएपछि कस्तो प्रतिक्रिया जनाए त भन्ने प्रश्नमा सनिले भनिन्, ‘मैले जे गर्थे मेरो श्रीमानलाई राम्रो संग जानकारी थियो । तर श्रीमानले कहिल्यै मेरो काममा अवरोध जनाएनन् ।’
पोर्न चलचित्रमा खेल्न छोडेको बताउने सनिलाई उनको विगतका बारेमा हिनताबोध हुादैन त भन्ने जिज्ञासालाई ठाडै ईन्कार गरिन् । उनले भनिन्, ‘यदि विगतमा आफुले गरेको कामका बारेमा हिनताबोध भएको भए र मैले खराब काम गरेको भए अहिले म जहाा छु, त्यहाा कसरी हुन्थे र?’
जीवनको प्रत्येक पलहरूलाई उत्तिकै महत्व दिने सनी पतिका प्रति भने निकै नै लोयल रहिछिन् । अब सनि के चाहन्छिन् त, उनको आगामी योजना के छ त ? उनले स्पष्ट्र गरिन्, ‘म अब बच्चा चाहन्छु र वंश परम्परालाई निरन्तरता दिन चाहन्छु ।’ उनले अगाडि थपिन्, ‘अब चााडै मुम्बईमा घर किनेर यतै सेटल हुन्छु ।’ चलचित्र रागिनी एस एम एस टु, जैंकपट र टीना लोलो को अभिनयमा पोर्न स्टार सनिले ध्यान दिएकी छिन् । (एजेन्सी)

प्रतिक्रिया