‘बहिष्कार अभियानले चुनावमा चुनौती थपियो’

madhavचितवन, २३ असोज । गृहमन्त्री माधव घिमिरेले निर्वाचन बहिष्कार अभियानले दोस्रो संविधान सभालाई चुनौती थपिदिएको बताएका छन् ।
निर्वाचन सम्बन्धी क्षेत्रीय सुरक्षा गोष्ठीको आज (बुधबार) चितवनमा गृहमन्त्री घिमिरेले चुनौति थपिएको भएपनि चुनावमा शान्ति सुरक्षा बहाल बनाउन कुनै कसर बाँकी नराख्ने बताए । ‘निर्वाचन सरल र सहज नहुन सक्छ,’ उनले भने ।
वार्ता, सम्वादका लागि सरकार गम्भीरताका साथ लागि रहेको उनको भनाई छ । उनले भने, ‘बहिष्कारको अभिव्यक्तिले चुनौति पनि थपिदिएको छ ।’
निर्वाचनमा चुनौति सामना गर्न सरकार तयार रहेको समेत गृहमन्त्री घिमिरेले बताए । सेना र प्रहरीको लामो दक्षता र सिपलाई प्रयोग गरेर निर्वाचन सम्पन्न गर्ने उनले बताए ।
प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले मंसिर–४ को चुनाव भएरै छाड्ने दावी गरे । ‘अब मतदान केन्द्रसम्म जाने दुरी मात्रै नाप्न बाँकी छ,’ उनले भने, ‘सबै तयारी अन्मित चरणमा छ । शंका गर्ने ठाउँ छैन् ।’

प्रतिक्रिया