न्यु डायमन्ड विजयी

न्यु डायमन्ड स्पोर्टस् क्लबले १५ औं राजेन्द्र स्मृति कप खुला भलिबल प्रतियोगितामा लगातार दोश्रो जित हात पादै फाइनल नजिक पुगेको छ ।
पाँच टिम सहभागी प्रतियोगिताको राउन्ड रविन लिगमा मंगलबार न्यु डाइमन्डले आयोजक ईन्द्रायणी परिवार क्लबलाई ३–० को सोझो सेटमा पाखा लगायो ।
प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरेका तिलवहादुर रानाले चाँदीको सिक्रि पाए । १४ औं सस्करणको विजेता न्यु डायमन्डले कीर्तिमापुरमा आयोजकलाई २५–१९,२५–१८ र २५–१६ ले पाखा लगायो । पहिलो खेलमा सोमाबार ज्वालादेवीलाई २५–२१,२५–१७ र २५–१२ ले निराश परेको थियो । अर्को खेलमा ज्वालादेवीले खेल परित्याग गरेपछि ढोरपाटन विजयी घोषित भयो ।
यो जितसंगै ढोरपाटन पनि दुई जित हात पार्दै फाइनलमा पुग्ने सम्भवना बलियो बनाएको छ भने तीन खेलमा पराजित व्योहोरेको ज्वालादेवी एक खेल अगावै प्रतियोगिताबाट बाहिरीएको छ ।

प्रतिक्रिया