खोजखबर

बहुमत आएमा नयाँ संविधान : दाहाल

सौर्य अनलाइन २०७० असोज २२ गते ८:३४ मा प्रकाशित

Puspakamal-Dahalकाठमाडौं, २२ असोज । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले आफूहरुको बहमुत आएमा मात्रै मुलुकले नयाँ संविधान पाउने बताएका छन् ।
काठमाडौंमा आज (मंगलबार) आयोजित कार्यक्रममा अध्यक्ष दाहालले नयाँ संविधानका लागि एमाओवादीलाई बहुमत अनिवार्य रहेको बताए । ‘परिवर्तनकारी शक्ति एमाओवादी मात्रै हो,’ उनले भने, ‘हामीलाई बहुमत दिनुस् । हामी संविधान दिन्छौं ।’
उनले विगतमा संविधानसभाबाट संविधान जारी हुन नसक्नुमा आफूहरुबाटै कमजोरी भएको स्वीकार गरे । ‘अब त्यस्तो कमजोरी दोहोरिने छैन,’ उनले भने ।
अध्यक्ष दाहालले उपलब्धी रक्षा गर्न मंसिर–४ मा चुनाव आवश्यक रहेको बताए । ‘नयाँ संविधान जारी हुन नसके गणतन्त्र, संघीयता र समावेशीता जस्ता राजनीतिक उपलब्धी गुम्ने खतरा छ,’ उनले भने, ‘संविधानका लागि एमाओवादीले जित्नु पर्छ ।’
मंसिर–४ को निर्वाचन जनताको भाग्य र भविष्य निर्धारण गर्ने अन्तिम अवसर भएको उनले बताए ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय