आयोजक एपिएफलाई उपाधि

Apfकाठमाडौ : आयोजक एपिएफले सशस्त्र प्रहरी महानिरीक्षक प्रथम राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । आइतबार भएको फाइनल खेलमा एपिएफले न्यू डाइमन्ड स्र्पोट्स क्लबलाई २४–२६, २५–११, २२–२५, २५–२२ र १५–१२ ले पराजित गर्‍यो । तेस्रो स्थानका लागि आइतबार भएको खलमा पश्चिमाञ्चलले पुलिस क्लबलाई पराजित गर्‍यो ।
उपाधि विजेता एपिएफले दुई लाख ५० हजार र दोस्रो हुनेले एक लाख २५ हजार रुपियाँ पायो । तेस्रो हुने पश्चिमाञ्चल महिला भलिबल टिमले ५० हजार हात पारेको छ ।
प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी एपिएफ क्लबका सरस्वती चौधरीलाई स्कुटर प्रदान गरियो । प्रतियोगितामा उत्कृष्ट स्पाइकर रमिला तण्डुकर(न्यू डाइमन्ड क्लब), उत्कृष्ट सर्भर कृपा अधिकारी(न्यू डाइमन्ड क्लब), उत्कृष्ट डिफेन्स ज्योति चोधरी(नेपाल एपिएफ क्लब), उत्कृष्ट ब्लकर अरूण शाही(पश्चिमाञ्चल) र उत्कृष्ट सेटर विनिता बुढाथोकी(नेपाल एपिएफ क्लब) घोषित भए । यसैगरी, उत्कृष्ट प्रशिक्षक एपिएफका कपिल किशोर श्रेष्ठ भए । (सौस)

प्रतिक्रिया