बडादसैको अवसरमा झिझिया नृत्य सुरु

महोत्तरी : मिथिलाको संस्कृतिसँगै विकास भएको झिझिया नृत्य बडादसँैको अवसरमा सुरु भएको छ । मैथिल समुदाय र मिथिलावासीको लोकनृत्यको रूपमा चिनिने यो नित्य महोत्तरीलगायत मिथिलाञ्चलको गाउँगाउँमा सुरु भएको हो ।
दसैँको घटास्थापनाकै दिनदेखि यिो नित्य गाउँगाउँमा नाच्ने चलन छ । विजयादशमीको दिनमा गाउँका राजा ब्रम्हस्थान र दुर्गा भवानीको प्रतिमा अगाडि अन्तिमपटक विशेष नाच नाचेर झिझिया नृत्य सम्पन्न गरिन्छ ।
गाउँघरमा लाग्ने बोक्साबोक्सीलाई धपाउन, कालो जादुटुनाबाट जोगाउन र भगवान्सँग परिवाजनको दीर्घायुको कामना गर्दै झिझिया नृत्य नाच्ने गरिन्छ । गाउँको राजाको रूपमा चिनिने ब्रम्हबाबा र असुर नासिनी मा भवानीलाई साक्षी मानी झिझिया नृत्यको लागि घैँटोमा असंख्य प्वाल पारी एक, दुई, चार, पाँच, सात वा एघारवटा घैँटोलाई एक ठाउँमा बाँसको लठ्ठीमा बाँधेर झिझिया तयार परिन्छ ।
घैँटोबाट तयार पारिएका झिझियालाई टाउकामा राखी मिथिलाकी ७ वर्षीया बालिकादेखि ७० वर्षीया महिलाहरू रातिको बेला गाउँगाउँका प्रत्येक चोक र टोलमा राति अबेरसम्म सामूहिक रूपमा झिझिया नाच नाच्ने गर्छन् । टाउकोमा घैँटो राखेर नाच्दै गरेकी महिला र साथीहरूको समूहले गीतिलयमा बोक्साबोक्सीलाई विभिन्न गाली गर्ने र निजको जादुटुना भंग हुनेखालका गतिविधि समेटेर नाच नाच्ने गर्छन् । (सौस)

प्रतिक्रिया