जिप दुर्घटनामा एकको मृत्यु

धनगढी : बझाङमा जिप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने संविधानसभा सदस्यका उम्मेदवारसहित चार घाइते भएका छन् ।
जिल्लाको बागथला–बिजगडा सडकखण्डमा बाझ गाविसको सैन्सु भन्ने ठाउँमा से १ च ३५२ नम्बरको जिप दुर्घटना हुँदा पीपलकोट गाविसका ३७ वर्षीया नरेन्द्र सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
दुर्घटनामा अखण्ड सुदूरपश्चिम पार्टी नेपाल बझाङ क्षेत्र नम्बर २ का उम्मेदवार पदम कँुवर, पीपलकोटका सुरेस नेपाली, ठेगाना नखुलेका सुरेन्द्र कँुवर, र जिप चालक सुवेडा गाविसका धिरेन्द्र सिंह घाइते भएको बझाङ प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक जयराम सापकोटाले बताए ।
उम्मेदवार कुँवरको दायाँ खुट्टा भाँचिएको छ । घाइते चारै जनाको जिल्ला अस्पताल सिमखेतमा उपचार भइरहेको प्रनाउ सापकोटाले जानकारी दिए ।
सदरमुकाम चैनपुरबाट बिजगडातर्फ गइरहेको उतm जिप सडकबाट झन्डै ५० मिटर तल खसेको थियो । चालकको लापरबाहीले दुर्घटना भएको प्रहरीको प्रारम्भिक अुमान रहेको छ । (सौस)

प्रतिक्रिया