लोक–पप शैलीमा महेशको आस

Aas-Albumसांगीतिक क्षेत्रमा नवप्रवेशीहरूको थपिने क्रम निर्वाध जारी छ । त्यहीमाझ गायक महेश मुखिया सुनुवारले ‘आस’ नामक गीति एल्बममार्फत बजारमा आफ्नो उपस्थिति सार्वजनिक गरेका छन् । न्यू भिजन प्वाइन्टले बजारमा ल्याएको यस एल्बममा ‘केही दिन म’, ‘सपनीमा आउनेलाई’, ‘त्यो पारि गाउँको’ र ‘ए हो सानु’ गरी चारवटा गीत सुन्न सकिन्छ । यस एल्बमका गीतहरू गगन पूर्वेलीले लेखेका हुन् भने संगीत पनि स्वयम् गगनकै छ । एल्बममा समेटिएका गीतहरू आधुनिक तथा लोक–पप शैलीका छन् । ‘केही दिन म’ बोलको गीतको भिडियोसमेत सार्वजनिक गरिसकिएको उत्पादक तथा बजार व्यवस्थापक कम्पनी न्यू भिजन प्वाइन्टले जनाएको छ । (सौस)

प्रतिक्रिया