दाहाल परिवारबाट चार

prachandकाठमाडौं : संविधानसभाको दोस्रो चुनावमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको परिवारबाट चार जनाले टिकट पाएका छन् । दाहालसहित उनकी छोरी रेणु, बुहारी बिना मगर र भाइ नारायण गरी चार जना उम्मेदवार बन्ने भएका छन् ।
दाहाल काठमाडौं क्षेत्र नम्बर १० र सिरहा–५, उनकी छोरी रेणु काठमाडौं–१, छोरा प्रकाशकी तेस्री पत्नी बिना कञ्चनपुर–१ अनि भाइ नारायण चितवन–४ बाट चुनावमा उम्मेदवार बन्ने भएका हुन् । दाहालले काठमाडौं–१० र रोल्पाबाट यसअघिको चुनाव जितेका थिए । रेणु यसअघि समानुपातिर्कबाट सभासद् थिइनन् । रेणुलाई अध्यक्षकै दबाबमा उम्मेदवार बनाइएको दाबी केही कार्यकर्ताले गरे पनि खुलेर विरोध भने गर्न सकेका छैनन् ।
कञ्चनपुर १ मा टिकट पाएकी बिना भने सबैभन्दा बढी विवादमा तानिएकी छन् । बिना कञ्चनपुरवासी नै भए पनि जिल्ला उनको विपक्षमा देखिँदै छन् । बिनालाई उम्मेदवार बनाएसँगै केन्द्रीय सदस्यसमेत रहेका जिल्ला संयोजक खडक बस्नेतलगायतले राजीनामा गरेका छन् । कञ्चनपुर–१ आफ्नो पकड क्षेत्र हुँदाहुँदै केन्द्रले हस्तक्षेप गरेको भन्दै बस्नेतले बागी उम्मेदवार उठाउने चेतावनी दिएका छन् ।

प्रतिक्रिया