काठमाडौं, १६ असोज । एमालेले आगामी संविधानसभा चुनावका लागि प्रत्यक्षतर्फ सबै क्षेत्रका उम्मेदवारको नामावली मंगलबार सार्वजनिक गरेको छ । करिब दुई साता बसेको एमाले स्थायी कमिटी बैठकले मंगलबार २ सय ४० वटै क्षेत्रका लागि उम्मेदवारको टुंगो लगाएको हो ।
एमालेले केही शीर्ष नेतालाई दुई क्षेत्रबाट उठाउने भएको छ । अध्यक्ष झलनाथ खनालले इलाम क्षेत्र नम्बर १ र सर्लाही १ बाट, वरिष्ठ नेता माधवकुमार नेपाल रौतहट १ र काठमाडौं–२ बाट चुनाव लड्ने भएका छन् । नेता केपी शार्मा ओलीले भने झापा ७ बाट मात्र उम्मेदवारी दिने भएका छन् ।
उपाध्यक्ष बामदेव गौतम प्युठान–१ र बर्दिया–१ बाट उठ्ने छन् । अर्की उपाध्यक्ष विद्या भण्डारी समानुपातिक उम्मेदवार बनेकी छन् । भण्डारी अघिल्लो चुनावमा काठमाडौं ४ मा कांग्रेस नेतृ सुप्रभा घिमिरेसाग हारेकी थिइन् । एमालेले यसपटक उक्त क्षेत्रबाट निर्मल कुाइकेललाई उठाएको छ । महासचिव ईश्वर पोख्रेल यसपटक पनि काठमाडौं ५ बाट चुनाव लड्ने भएका छन् ।
अघिल्लो चुनावमा उनले कांग्रेस नेता नरहरी आचार्यसाग पराजय बेहोरेका थिए । सचिवहरू शंकर पोख्रेल दाङ–४, विष्णु पौडेल रुपन्देही–४ बाट उठ्ने भएका छन् । अर्का सचिव युवराज ज्ञवाली समानुपातिकबाट उठ्ने भएका छन् ।
यसैबीच एमालेका केही क्षेत्रमा पार्टीले बलमिच्याई गरेर उम्मेदवार छानेको भन्दै असन्तुष्टि बढेको छ । दोलखा, चितवन, ओखलढुंगा, पाल्पा, काठमाडौंलगायत केही जिल्लामा असन्तुष्टि बढेको हो । दोलखामा आनन्द पोख्रेललाई क्षेत्र नं–२ बाट टिकट दिएको भन्दै जिल्ला नेताहरु रुष्ट बनेका छन् । लालकुमार केसीको साटो पोख्रेललाई उठाएको भन्दै विरोध गरेका हुन् । ओखलढुङ्गामा नानीबाबु बुढाथोकीलाई टिकट दिएपछि जिल्ला नेता रुष्ट बनेका छन् । नेत्र भट्टराईलाई टिकट दिनुपर्ने उनीहरुको माग छ । काठमाडौं–१० र चितवन क्षेत्र नं १ मा पनि पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेलाई टिकट दिएकोमा असन्तुष्टि बढेको छ । पाल्पामा ठाकुर गैरेका ठाउामा सोमप्रसाद पाण्डेले टिकट पाएपछि त्यसको विरोध भएको छ । भक्तपुर १ र रौतहट ३ मा विवाद भएको एमाले स्रोतले जनाएको छ ।
‘भुवनलाई टिकट दिनु मदन र मनमोहनको अपमान’
काठमाडौं : काठमाडौ क्षेत्र नम्बर १ नेकपा एमालेको इतिहास बोकेको क्षेत्र हो । एमालेको गढ क्षेत्र नै हो । यही क्षेत्रबाट एमालेका दुई महान् नेता मदन भण्डार र मनमोहन अधिकारी संसदमा निर्वाचित भएको थिए । तर, अहिले यो क्षेत्रलाई एमालेले आफ्नो स्वाभिमान बिर्सेकोमा हामीलाई दु:ख लागेको छ । यो राजनीतिक अपराधीकरण हो । वर्षौदेखि पार्टीमा लागेका मान्छेले टिकट नपाएर केही वर्षमात्र पार्टी प्रवेश गरेकाले टिक पाउनु ।
पार्टीको क्षेत्रीय कमिटी हुँदै जिल्ला कमिटीले काठमाडौं महानगरपालिकाका पूर्वउपमेयर विदुर मैनालीलाई सिफारिस गरेको थियो । मैनालीले टिकट पाउने भए भनेर कार्यकर्ता तथा स्थानीयवासीमा उत्साह छाएको थियो । तर, एकाएक दुर्भाग्य कहीँबाट पनि सिफारिसमा नपरेका भुवनकेसीलाई क्षेत्र नम्बर १ को उम्मेदवारको टिकट दिइएको छ । यो हामीलाई मान्य छैन । पार्टीले समग्र कार्यकर्तामाथि गरेको अन्याय हो । भोलि नै केसीलाई टिकट दिएको विरोधमा वडा नं. ३२, १०, ११ र ३४ तथा चारैवटा शाखा कमिटीले राजीनामा बुझाउछाँ । जबसम्म भुवनको टिकट फिर्ता हुँदैन तबसम्म हामी निष्कृय बस्छाँ । हामी चुनाव प्रचारप्रसारमा पनि जादैनौँ ।
पार्टीमा वर्षौदेखि संघर्ष गरेका मैनालीलाई टिकट नदिएर तीन वर्ष अघिमात्र पार्टी प्रवेश गरेका केसीलाई टिकट दिएको छ । यसबाट हामी निकै दुखित भएका छौँ । मैनाली काठमाडौंको पूर्वउपमेयर र स्थानीय भएकोले जित्ने सम्भावना थियो । तर, एउटा अभिनेता जसले पार्टीको सिद्धान्तै बुझेको छैन । त्यस्तालाई टिकट दिइएको छ । मैनाली मदन भण्डारी र मनमोहन उठ्दा चुनावी कमान्डर बनेका थिए । उनको क्षेत्र नं. १ मा राम्रो पकड रहेको छ । चुनाव हामी एमालेको प्रचार प्रसार पनि गर्दनाँै । प्रत्यक्षतर्फको मत खाली राखी समानुपातिकमा मात्र पार्टीलाई मतदान गर्नेछौँ ।
प्रतिक्रिया