चितवन मेडिकल कलेलजमा आक्रमण

Chitwan Medical Collageचितवन, १५ असोज । चिकित्सक र कर्मचारीहरुको लापर्वाहीले विरामीको मृत्यू भएको आरोपमा आफन्तले चिवतन मेडिकल कलेज, भरतपुरमा तोडफोड गरेर क्षतिपुर्‍याई दिएका छन् ।
जुटपानी–३ का ५५ वर्षीय छबिलाल लम्सालको आज (मंगलबार) मृत्यू भएपछि आफन्तले अस्पतालमा आक्रमण गरेर क्षतिपुर्‍याई दिएका हुन् । गाउँबाट तीनवटा ट्याक्टरमा आएका आफन्त र स्थानीय यूवाको समूहले अस्पतालमा आक्रमण गरेको प्रहरी नायव उपरीक्षक सञ्जय राउतले जानकारी दिए ।
लम्साल असोज–१० गते मृगौला उपचारका लागि १० किलोमिटर टाढाबाट आफै साइकल चलाएर अस्पताल आएका थिए ।
लम्सालको मृत्यू पछि आफन्त र अस्पताल प्रशासनबीच छलफल भईरहेका बेला आफन्तकै अर्को समूहले अस्पतालमा तोडफोड गरेका हुन् ।
आक्रोशित आफन्तले अस्पतालको अगाडिका शिशा फोडीदिएका छन् । तोफडफोड सुरु भएपछि तत्काल आएको प्रहरीले स्थितिलाई नियन्त्रणमा लिएको छ ।
लम्सालको असोज–११ गते शल्यक्रिया भएको थियो । शल्यक्रिया भएपनि लम्साललाई भेन्टिलेटरमा राखेर उपचार गरिँदै आएको अस्पतालको भनाई छ । आफन्तले शल्यक्रिया पछि पनि लम्सालको होस नआई मृत्यू भएको दाबी गरेका छन् ।
प्रहरीले अस्पतालमा तोडफोडमा संलग्न रहेको आरोपमा तीनजनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा जुटपानीका राजु राई, तुुलबहादुर मगर र उमेश मुक्तान छन् ।
मृतकका आफन्तले परिवारका एकजना सदस्यलाई रोजगारी दिनु पर्ने, उपचारमा संलग्न डा.सञ्जीव गुप्ताको लाईसेन खारेज गर्नुपर्ने, क्रिया खर्च दिनुपर्नेलगायतका माग राखेका छन् ।

प्रतिक्रिया