भक्तपुर, १५ असोज । एमालेका प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले मंसिरको निर्वाचनलाई महाभारत युद्धको संज्ञा दिएका छन् । निर्वाचनले शान्ति चाहने र नचाहने पक्षबीचको फसैला गर्ने उनले बताए ।
भक्तपुरमा आज (मंगलबार) आयोजित कार्यक्रममा नेता ज्ञवालीले नेकपा–माओवादीलाई निर्वाचनमा सहभागी गराउन अझै पनि हदैसम्म लचकता अपनाइने बताए । ‘लचक हुँदा पनि नेकपा–माओवादी सहमतिमा नआए चुनाव रोकिँदैन,’ उनले भने ।
उनले सिंगो देश निर्वाचनमा लागीसकेको बताए । ‘नेकपा–माओवादी निर्वाचनमा भाग नलिने उसको अधिकार हो,’ उनले भने, ‘निवार्चन बिथोल्ने अधिकार नेकपा–माओवादीलाई छैन ।’
उनले जनाताको मतदान गर्ने अधिकारलाई कसैले रोक्न नसक्ने बताए । ‘जनताको अधिकार खोस्ने दुस्साहस कसैले गरेमा त्यो शक्ति आफै विलाएर जान्छ,’ उनले भने ।
विघठित संविधानसभामा अधिनायकवादी शक्ति हाबी भएकाले नयाँ संविधान बन नसकेको उनले बताए ।
प्रतिक्रिया