सिरहा, १५ असोज । दोस्रो संविधानसभाको निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउन नेपाल सरकारले खोलेको म्यादी प्रहरीमा भर्ना हुन सिरहा जल्ला प्रहरी कार्यालयमा आवेदन दिनेको तछाड–मछाड सोमबारसम्म भइरहेको छ ।
विभिन्न गाउँबाट आएका आवेदनकर्ताहरूले सोमबार बिहानै ५ बजेदेखि नै लाममा बसेका थिए । प्रहरीलाई भने आवेदनकर्ताको भिडलाई सम्हाल्न हम्मेहम्मे परिरहेको छ । ११ सय ५७ म्यादी प्रहरीको लागि दरखास्त आह्वान गरेको गरेको थियो । तर, सोमबारअन्तिम दिनको मध्यानसम्म सिरहामा तीन हजार आठ सय ४७ पुरुष र एक सय एक महिलाको निवेदन दर्ता भइसकेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायव उपरीक्षक रमेश तामाङले जानकारी दिए ।
बढ्दो वेरोजगारीको कारण म्यादी प्रहरीमा भर्ना भई केही आर्थिक उपार्जन हुने मनसायले स्थानीयवासीहरूले म्यादी प्रहरीमा भर्ना हुन हौसिएका हुन् ।
प्रतिक्रिया