त्रिपक्षीय प्रेम र पैसाको कारणले ज्यान गयो

Sex-भक्तपुर, १५ असोज । उमेरले चार दशक पुग्न लागेकी महिला । घरमा श्रीमती छोराछोरीको भएको पुरुष र परदेशमा पसिना बगाउँदै गरेको श्रीमानको माया लत्याउने श्रीमती । यी तीन जनाको क्षणिकको उत्तेजना पूर्णमाया प्रेमले एउटी महिलाको ज्यान गएको छ भने अरू दुईको जिन्दगी बर्बाद भएको छ ।

घटनाअनुसार यही ११ असोज बिहान ३ बजे अरनिको राजमार्गअन्र्तगत आर्दश चोकनजिक एक महिलाको शव फेलापरको थियो । उक्त शवबारे अनुसन्धान गरेको महानरीय प्रहरी परिसर भक्तपुरले सोमबार सार्वजनिक गरेको रिर्पोटअनुसार त्रिपक्षीय प्रेम चक्करको कारणले घटना भएको पुष्टि गरेको छ । हत्या भएकी महिला सन्धुली तामाजोर–९ स्थायाी घर भई हाल भक्तपुर नगरपालिका–४ कमलविनायकमा डेरा गरी बस्ने ३८ वर्षकी होइसाङ माया मोत्तान भएको जानकारी दिएको छ ।
उनको हत्यामा संग्लन भएको आरोपमा प्रहरीले सर्लाही जिल्ला ढुंग्रेखोला गाविस घर भई हाल भक्तपुर नगरपालिका नागपोखरीमा डेरा गरी बस्ने ३२ वर्षको तीर्थमान जिम्बा र सिन्धुली तामाजोर–७ घर भई भक्तपुर नगरपालिका–१७ मा डेरी बस्ने ३० वर्षीय सरिता भन्ने साइलीमाया बल रहेको महानगरीय प्रहरी परिसर भक्तपुर प्रवक्ता प्रहरी नायव उपरीक्षक रमेश थापाले बताएका छन् ।
मृतक महिला, तीर्थमान र साइली तीनै जना ज्यामी काम गरी गुजारा चलाउँदै आएका थिए । काम गर्ने सिलसिलामा गत वैशाख महिनामा उनीहरूको चिनजान भएको थियो । चिनाजानपछिको भेटघाटकै क्रममा मृतक होइसाङ माया र तीर्थमानबीच यौन सम्बन्ध भएको समेत तीर्थमानले प्रहरीलाई बताएका छन् ।
यसरीअघि बढेको प्रेममा जव मृतक महिलाको पेटमा गर्भ रहेको थाहा भयो अनी समस्या सिर्जना भएको थियो । मृतक होइसाङ मायाको श्रीमान केही वर्षअगाडि मरिसकेको र घरमा श्रीमती भएकीे तीर्थमानबीचको अनैतिक सम्बन्ध पर्दा फास हुने डरले मृतकले आफ्नो पेटमा रहेको तीन महिनाको गर्भपतन गरकी थिइन् ।
Preemचार छोरी र एक छोराकी आमा होइसाङ माया र तीर्थबीचको प्रेममा साइली नाम गरेकी अर्की महिलाको प्रवेश पनि उनीहरूको प्रमले अर्कै मोड लिएको थियो । साइलीका पति पनि दश वर्षदेखि विदेशमा रहेका छन् ।
गत १० गते तीन जना भक्तपुर सल्लाघारीमा भेट भई हिड्दै सूर्यविनायक पुगी स्थानीय मिठाई पसलमा खाजा खाइ जगातीतर्फ जाने क्रममा मृतक महिलाले तीर्थमान जिम्बासँग गर्भ फाल्न लागेको खर्च १८/१९ हजार रुपियाँ मागेकी थिइन् । पैसाको कुरा सुरु हुने वित्तिकै साइली र तीर्थमान मिलेर होइसाङ मायाँसँग झगडा गर्न थालेका थिए ।
झगडाको क्रममा साइली र तीर्थमानले मृतकलाई कुटपिट गरी उनको योनीमा लाठी घुसारी हत्या गरी सडकमा फालेको बयान प्रहरी समक्ष दिएका छन् । प्रहरी अनुसन्धान टोलीले उक्त घटनाको अनुसन्धान पछि अपराधी पक्राउ गर्न सफल भएको हो । हत्या गरी फरार रहेका साइलीमाया बललाई पुरानो ठिमीबाट र तीर्थमान जिम्बालाई काठमाडांै गोलढुंगाबाट १२ गते नै पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो ।

प्रतिक्रिया