विकासमा लगानी बढाउन अर्थमन्त्रीको आग्रह

Shankar-Koiralaकाठमाडौं, १४ असोज । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले उर्जा र पूर्वाधार विकासमा लगानी बढाउन जापान सरकारसंग आग्रह गरेका छन् ।
अर्थ मन्त्रालयमा आज (सोमबार) नेपालस्थित जापानी राजदूत कुनियो ताकाहासीसँगको भेटमा कोइरालाले काठमाडौ–हेटौंडा सुरुङमार्ग निर्माणमा जापानी सहयोग अपेक्षित रहेको स्पष्ट पारे । उनले जापानी सहयोगमा निर्मित काठमाडौ–भक्तपुर र बीपी राजमार्गले नेपालको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
दाताहरुको सुझावअनुसार सरकारले वित्तिय तथा आर्थिक व्यवस्थापन चुस्त बनाउन लागि परेको जानकारी उनले दिए ।
विमानस्थलमा राडारको क्षमता अभिवृद्धि, तनहुँ हाइड्रोपावर र मेलम्ची खानेपानी आयोजनामा जापान सरकारले पुर्‍याएको सहयोगप्रति मन्त्री कोइरालाले आभार व्यक्त गरे ।
राजदूत ताकाहासीले नेपालमा सञ्चालित विकास कार्यक्रमहरु विभिन्न कारणले समयमै पूरा हुन नसकेको जनाउँदै त्यसमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्न आग्रह गरे ।

प्रतिक्रिया