तीनजना नेपाली गाईडको मृत्यू

Manang Districtपोखरा, १४ असोज । मनाङको हिमलुङ हिमाल आरोहणका लागि पर्यटक लिएर गएका तीनजना नेपाली गाईडको हिउँ पहिरोमा पुरिएर मृत्यू भएको छ ।
एक्सपिडिसनका क्रममा आइतबार हिउँपहिरोमा परी गुदेल–४, सोलुखुम्बु निवासी तेन्डी शेर्पा, पावै जुके निवासी पासाङ शेर्पा र ओखलढुङगा निवासी काजी शेर्पाको मृत्यू भएको प्रहरीले जनाएको छ ।
मृत्यू भएको भनिएका काजीको शब फेला पार्न नसकिएको प्रहरी भनाई छ । मृत्तकहरुको शव हिम्लुङ हिमालको क्याम्पमा छ ।

प्रतिक्रिया