काठमाडौं, १४ असोज । एमालेका पूर्वसभासद् विषमलाल अधिकारी (दनुवार) एकीकृत माओवादीमा प्रवेश गरेका छन् ।
पार्टी मुख्यालय कोटेश्वरमा आज (सोमबार) आयोजित कार्यक्रममा दनुवार सहयोगीहरुका साथ एमाओवादीमा प्रवेश गरेका हुन् । अघिल्लो संविधानसभा निर्वाचनमा दनुवार सिन्धुली–१ बाट प्रत्यक्षमा विजयी भएका थिए ।
दनुवारलाई अध्यक्ष पुष्पकमल दाहालले पार्टीको सदस्यता प्रदान गरेको एमाओवादीले जनाएको छ ।
दोस्रो संविधानसभा चुनावमा टिकट पाउने पक्का भए पछि दनुवार एमाओवादीमा प्रवेश गरेको उनी निकटका नेतालेजानकारी दिए ।
प्रतिक्रिया