अम्बरसँग धरौटी माग

काठमाडौं : नेपाल विद्युत् प्राधिरणको ट्रान्सफर्मर खरिद प्रकरणमा अनियमितता गरेको अभियोगमा विशेष अदालतले अम्बर राजभण्डारीसँग एक लाख धरौटी माग गरेको छ । उनीविरुद्ध ट्रान्सफर्मर खरिद प्रकरणमा अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएको थियो । अख्तियारले उनीविरुद्ध चलाएका दुई मुद्दामा फरक–फरक सुनुवाइ गरी ५० हजार रुपियाँका दरले धरौटी मागेको हो ।
अख्तियारले मुद्दा चलाउँदा फरार रहेका राजभण्डारी आफैँ अदालत पुगेका थिए । अदालतमा उनका दुवै मुद्दामा फरक–फरक थुनछेक बहस भएपछि धरौटी मागिएको विशेष अदालतले जनाएको छ । (सौस)

प्रतिक्रिया