सुडानमा नेपाली चढेको हेलिकोप्टर दुर्घटना

काठमाडौ, १४ असोज । सुडानको डार्फरमा आइतबार नेपाली हेलिकोप्टर दुर्घटना भएको छ । युएन शान्ति मिसन सुडानमा गएका नेपाल प्रहरीलाई ओसारपसार गर्ने क्रममा नेपाली हेलिकोप्टर दुर्घटनामा परेको हो । श्री एयरलाइन्सको एमआई सेभेन्टिन हेलिकोप्टर बिहान १० बजे सुडानको जियालाङगीस्थित हेडक्वाटरबाट नाइटेटी क्षेत्रमा रहेको प्रहरी चौकीमा नियमित उडानमा जाने क्रममा दुर्घटनामा परेको हो ।

१९ जना यात्रुसहित उड्नेबित्तिकै दुघर्टनामा परेको थियो । हेलिकोप्टर दुर्घटनामा परे पनि यात्रुसहित चालक दल सुरक्षित रहेका छन् । दुर्घटनामा एक यात्रुसहित चालक दलका चार सदस्य थिए । उडान दलमा चालक क्याप्टेन प्रतिज्ञा राणा लाइट इन्जिनियर सुरेन्द्र शाही, विमान परिचारिका जीवन धोबी रहेका थिए । युएनमै काम गर्ने अर्का नेपाली यात्रु अनिल राजवंशी हेलिकोप्टरमा रहेका थिए । चालक क्याप्टेन राणाले हेलिकोप्टरमा गडबढी देखेपछि सकुशल अवतरण गराउँदा मानवीय क्षति हुन नपाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया