मतदाता शिक्षा कार्यक्रममा तीव्रता

गौशाला : आउँदो संविधानसभा निर्वाचनलाई लक्षित गर्दै जिल्ला निर्वाचन कार्यालय महोत्तरीले जिल्लामा मतदाता शिक्षा कार्यक्रमलाई तीव्रता दिएको छ । कार्यालयले जिल्लाको ७६ वटा गाविस र एक नगरपालिकामा स्वयंसेविका र निर्वाचन शिक्षा कार्यकर्ता परिचालन गरेर मतदाता शिक्षा कार्यक्रमलाई जोड दिएको हो । मतदाता शिक्षा कार्यक्रमका लागि कार्यालयले २३३ जना स्वयंसेविका र ८९ जना निर्वाचन शिक्षा कार्यकर्तालाई परिचालन गरेको जिल्ला निर्वाचन अधिकारी पिंकी रायले बताइन् ।
कार्यालयबाट परिचालित स्वयंसेविका तथा कार्यकर्ताहरूले जिल्लाको प्रत्येक घरदैलोमा पुगी मतदातालाई संविधानसभाको निर्वाचनका बारेमा आवश्यक जानकारी दिने, पर्चा पम्प्लेट दिने, चुनावमा प्रयोग हुने मतपत्रको नमुना र प्रयोग गर्ने तरिका बताउने, निर्वाचन अधिकारी रायले बताइन् ।

प्रतिक्रिया