त्रियानब्बे विद्यालयमा इन्टरनेट सुविधा उपलब्ध गराइने

दोलखा , १४ असोज । जिल्ला शिक्षा कार्यालय दोलखाले जिल्लाका त्रियानब्बे माध्यामिक विद्यालयमा नौ महिनाभित्र इन्टरनेट सुविधा उपलब्ध गराउने भएको छ ।

दूरसञ्चार संस्थानसँग समन्वय गरी पहिलो पटक दोलखाका सम्पूर्ण माध्यामिक विद्यालयमा सो सुविधा उपलब्ध गराउने कार्यक्रम रहेको जिल्ला शिक्षा कार्यालय दोलखाले जनाएको छ । जिल्ला शिक्षा अधिकारी दीपक शर्मा(वाग्ले)ले भने, ‘हामीले १४ वटा माध्यामिक विद्यालमा १ लाख ४० हजारका दरले रकम वितरण गरी कम्प्युटरसहित इन्टरनेट सुविधा उपलब्ध गराइसकेका छाँै ।’ उनले मुलुकले सूचनाको क्षेत्रमा धेरै फड्को मारिसकेको बताउँदै युगअनुसारको शिक्षा दिलाउन इन्टरनेट सेवा अपरिहार्य भएकाले यो सुविधा उपलब्ध गराउन लागिपरेको बताए ।
विद्युत् सेवा उपलब्ध भएका विद्यालयमा तत्काल यो सेवा सम्भव रहेको र नभएकामा वैकल्पिक व्यवस्था हेरि कार्यालयले इन्टरनेट सेवाका लागि सहयोग गर्ने जिसिअ शर्माले बताए । उनले भने, ‘जिल्लाको एक मात्र छात्रा विद्यालय पशुपति कन्या मन्दिर माध्यामिक विद्यालयले इन्टरनेट सेवाको उपयोग गरी अध्ययन अध्यापन गराएको छ ।’ ‘हामी चाहन्छाँै हिमाल फेदीदेखि जिल्लाका दूरदराजका विद्ययालले इन्टरनेट सेवाको उपयोग गरी अध्ययन अध्यापन गर्न पाउने छन् ।’
जिसिअ शर्माले जिल्ला शिक्षा कार्यालय दोलखाको २०७०/ ७१ वार्षिक कार्यक्रमको सार्वजानिक गर्दै उक्त कुरा बताएका हुन् । वार्षिक ७५ करोडको बजेट जिल्लामा आएको जिल्ला शिक्षा कार्यालय दोलखाले जनाएको छ । यसको उपयोग कानुनी दायरमा रही जिल्लाको शैक्षिक क्षेत्रमा खर्च हुनेछ । विगत वर्षमा जस्तो रकम फिर्ज हुने छैन जिसिअ शर्माले प्रतिबद्धता जाहेर गरेका छन् ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रलाह्द पोखरेल, शैक्षिक क्षेत्रमा काम गर्ने जिल्लाका संघ/संस्थाका प्रमुख एवं प्रतिनिधि, शैक्षिक व्यक्तित्व, सञ्चारकर्मीको बाक्लो उपस्थिति थियो ।

प्रतिक्रिया