प्रधानसेनापति जबरा भारत प्रस्थान

Gaurab Shamsher jabaraकाठमाडौं, १३ असोज । प्रधानसेनापति गौरव शम्शेर जबरा एकसाता लामो भ्रमणका लागि भारत प्रस्थान गरेका छन् ।
भारतका स्थल सेनाध्यक्षको औपचारिक निमन्त्रणामा प्रधानसेनापति जबरा आज (आइतबार) नयाँ दिल्ली प्रस्थान गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । जबरा असोज–१९ गते घटस्थापनाका दिन स्वदेश फिर्ता हुने कार्यक्रम छ ।
जबरालाई बलाधिकृत रथी नेत्रबहादुर थापाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गरेका थिए ।
प्रधानसेनापति जबराको टोलिमा सैनिक विनय महानिर्देशक उपरथी भिक्टर जबरा, सहायक रथी सुरेश शर्मा, महासेनानी प्रेमध्वज अधिकारी र प्रधानसेनापतिका पाश्र्ववर्ती सहसेनानी आयुष राणा छन् ।
भ्रमण आपसी सौहार्दपूर्ण सम्बन्धलाई निरन्तरता दिने सिलसिलामा नेपाली सेनाका प्रधानसेनापतिले गर्न लागेको निर्देशनालयको विज्ञप्तिमा उल्लेख छ ।
प्रधानसेनापति जबराले आफ्नो अनुपस्थितिमा बलाधिकृत रथी नेत्रबहादुर थापाले कायम मुकायम प्रधानसेनापतिको कार्य सम्हाल्ने छन् ।

प्रतिक्रिया