काठमाडौं, १३ असोज । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धको उद्गमस्थल रोल्पाबाट उम्मेदवारी नदिने निर्णय गरेका छन् ।
लाजिम्पाटस्थित आफ्नै निवासमा आज (आइतबार) बसेको केन्द्रीय कार्यालय र उम्मेदवार छनौट समितिको बैठकले दाहाललाई रोल्पाको साटो सिराहा–५ बाट उम्मेदवार बनाउने निर्णय गरेको हो । ‘अध्यक्ष प्रचण्डलाई काठमाडौं–१० र सिराहा–५ बाट उम्मेदवार बनाउने निर्णय भएको छ,’ स्रोतले भन्यो, ‘प्रचण्डले अब रोल्पाबाट उम्मेदवारी दिनु हुन्न ।’
अघिल्ले संविधानसभा निर्वाचनमा प्रचण्डले रोल्पा र काठमाडौंका दुई स्थानबाट जितेका थिए । दाहालले काठमाडौं–१० लाई भने निरन्तरता दिएका छन् ।
पूर्व उपाध्यक्ष बाबुराम भट्टराई गृह जिल्ला गोरखा–१ र रुपन्देही–४ बाट उमेदवार बन्ने छन् । पूर्व महासचिव पोष्टबहादुर बोगटीलाई नुवाकोट–३ मा उम्मेदवार बनाईने छ ।
पूर्व उपाध्यक्ष नारायणकाजी श्रेष्ठको भने टुङ्गो लागेको छैन् । श्रेष्ठको असन्तुष्टीका कराण उनले उम्मेदवारी दिने क्षेत्रको टुङगो लाग्न नसकेको हो ।
मधेश र ताम्सालिङ राज्यमा उम्मेदवार चयनमा देखिएको विवाद सोमबार टुङगो लगाईने स्रोतको भनाई छ ।
प्रतिक्रिया