गभर्नर खतिवडा अस्पताल भर्ना

काठमाडौं, १३ असोज । स्वास्थ्यमा समस्या भए पछि नेपाल राष्ट्र बैंकका गभर्नर युवराज खतिवडा अस्पताल भर्ना भएका छन् ।
गभर्नर खतिवडालाई शनिबार बेलुका शहीद गंगालाल राष्ट्रिय हृदय रोग प्रतिष्ठान बाँसबारीमा भर्ना गरिएको हो ।
मुटुमा समस्या देखिए पछि ५७ वर्षीय खतिवडा भर्ना गरिएको आफन्तले जनाए । गभर्नर खतिवडालाई मधुमेहको समेत समस्या छ ।

प्रतिक्रिया