विराटनगर, १३ असोज । जातीय संगठनहरुको बन्द आह्वानका कारण पूर्वका नौं जिल्लाको जनजीवन प्रभावित भएको छ । बन्दका कारण सवारी साधन चल्न, बजार पसल शुचारु हुन सकेका छैनन् ।
पल्लो किराँत नामक संगठनले चुनावमा नेपाली सेना परिचालन गर्ने सरकारी निर्णयको विरोधमा आज (आइतबार) पूर्वका नौं जिल्लामा बन्द आह्वान गरेको हो । बन्द सफल बनाउन पल्लो किराँतका कार्यकर्ता विहानै देखि सडकमा उत्रिएका छन् ।
बन्दको प्रभाव पाँचथर, इलाम, ताप्लेजुङ, झापा, मोरङ, सुनसरी, तेह्रथुम, धनकुटा, सङखुवासभालगायतका जिल्लामा परेको छ ।
बन्दका कारण बजार, यातायात र शिक्षण संस्था ठप्प छन् । मेची राजमार्ग भएर चल्ने लामो तथा छोटो दूरीका सवारीका साधन संचालनमा आउन सकेका छैनन् ।
प्रतिक्रिया