इशानीले मिस वल्र्डमा प्रस्तुत गरेको नृत्य

miss_worldफिलिपिन्सकी सुन्दरी मेगन योङ यस वर्षको विश्व सुन्दरी ताज हात पार्न सफल भएकी छिन् । इन्डोनेसियाको बाली अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सम्पन्न कार्यक्रममा विश्व सुन्दरीको ताज २३ वर्षीया फिलिपिनो सुन्दरी योङले जितेकी हुन् ।
फ्रान्स, ब्राजिल, घाना र स्पेनकी सुन्दरीलाई उछिनेकी योङलाई विश्वसुन्दरी घोषणा गरिएको हो । ५ फिट ८ इञ्च उचाइ भएकी विश्व सुन्दरी योङलाई चीनकी पूर्वविश्व सुन्दरी यु वेन जियाले ताज पहिर्‍याएकी थिइन् । फस्ट रनरअप फ्रान्सकी मारिन लोर्पेलिन र सेकेन्ड रनरअप घानाकी ना ओकेले भइन् ।
विश्व सुन्दरी मेगन अमेरिकामा जन्मेकी हुन् । दश वर्षको उमेरमा फिलिपिन्स फर्केकी विश्व सुन्दरी–२०१३ मेगन अहिले डिजिटल फिल्मी विषय अध्ययन गर्दैछिन् । १५ वर्षको उमेरमा उनी चलचित्रमार्फत
Indonesia-Miss-World-2013काँचको पर्दामा देखा परेकी थिइन् । भविष्यमा चलचित्र निर्देशक बन्ने लक्ष्य रहेको उनले बताएकी छिन् ।
विश्वका एक सय ३० देशका सुन्दरीलाई उछिन्दै ब्युटी विथ पर्पोज उपाधि जितेसँगै मिस वल्र्डका दाबेदारका रूपमा हेरिएकी नेपाल सुन्दरी इशानी श्रेष्ठअन्तिम पाँच छनोटबाट बाहिरिएकी छिन् ।
शनिबार विश्व सुन्दरीको फाइनलमा उत्कृष्ट १० मा पाँच नम्बरमा परेकी मिस नेपाल श्रेष्ठ अन्तिम पाँचमा भने पर्न सकिनन् । उत्कृष्ट १० मा पर्नुअघि उनले नेपालको संस्कृति झल्कने गीतमा नृत्य miss_2प्रस्तुत गरेकी थिइन् । उनले ‘मेरो प्यारो माइती घर’ गीतमा नृत्य प्रस्तुत गरेकी हुन् । उत्कृष्ट पाँचमा फ्रान्स, ब्राजिल, घाना, स्पेन र फिलिपिनो सुन्दरी परेकी थिइन् । यस्तै, शीर्ष दशभित्र नपरेकी मिस जिब्राल्टरलाई पब्लिक च्वाइसअन्तर्गत फाइनलमा पुर्‍याइएको थियो ।
डेढ दशकदेखि नेपालले सहभागिता जनाउँदै आएको मिस वल्र्डमा सहायक उपाधि जित्ने इशानी पहिलो नेपाली सुन्दरी बन्न सफल भइन् । मिस नेपालको उपाधि जितेपछि जुम्लाका विभिन्न गाउँमा गरेको दन्त शिविरको आधारमा उनलाई ब्युटी विथ पर्पोज उपाधि दिइएको हो । उपाधिसहित उनले अभियानलाई अघि बढाउन १० हजार अमेरिकी डलर सहायतासमेत प्राप्त गरिन् । यसअघिको संस्करणमा नेपालको प्रतिनिधित्व गरेकी मिस नेपाल श्रेष्ठअन्तिम २० मा पुगेकी थिइन् ।

मिस नेपाल इशानी श्रेष्ठ

सन् १९९२ अगष्ट १० तारिखका दिन काठमाडौंमा जन्मिएकी मिस नेपाल २०१३ की उपाधि विजेता इशानी श्रेष्ठले सेन्ट जेभियर्सबाट दश प्लस दुई उत्तिर्ण गरेकी हुन् । त्यसपछि उच्चशिक्षा अध्ययनका लागि अमेरिका गएकी इशानीले अमेरिकाको कोलोराडो विश्वविद्यालयबाट डेन्टिस्ट नर्सिङ अध्ययन गरिन् । मिस नेपालमा सहभागि हुन नेपाल आएकी इशानीले उपाधि आफ्नो पोल्टोमा पार्दै मिस वल्र्डमा सहभागी हुने अवसर प्राप्त गरिन् । नेपालले डेढ दशकदेखि नै मिस वल्र्डमा सहभागिता जनाउँदै Ishani-shresthaआए पनि इशानीलाई मिस नेपाल उपाधि जितेदेखि नै मिस वल्र्डका लागि दावेदारका रूपमा हेरिँदै आएको थियो ।
अक्सर गरेर नेपाली युवतीको उचाइ पनि अन्य देशका महिलाहरूभन्दा निकै कम हुने गरेकोमा इशानीको उचाइ भने पाँच फिट नौ इञ्च छ । यति मात्र नभई उनको सौन्दर्य र बौद्धिकताले पनि उनलाई मिस वल्र्डको उपाधिका लागि धेरैले आशा गरेका थिए ।
नृत्य, पेन्टिङ र घुम्न मन पराउने नेपाल सुन्दरीलाई मन पर्ने सुन्दरीहरू भने दुवैजना भारतीय हुन् । मिस वल्र्ड लारा दत्ता र प्रियंका चोपडा उनलाई मन पर्ने सुन्दरी हुन् ।

 

http://www.youtube.com/watch?feature=player_embedded&v=4th8Fxmx3sE

 

 

 

प्रतिक्रिया