सुदूरपश्चिमका तालको अस्तित्व खतरामा

Tribeni-TalChhede-DahaBudi-Nanda-Talबाजुरा, १३ असोज । सुदूरपश्चिमकै प्रख्यात धार्मिक र पर्यटकीय महत्त्व बोकेको बूढीनन्दालगायत आधा दर्जन बढी तालको अस्तित्व खतरामा परेका छन् ।

जिल्लाका करिब आधा दर्जन बढी ताल सम्बद्र्धन र विकासका लागि कसैले ध्यान नदिएपछि तालहरूको अस्तित्व खतरामा परेको हो ।
प्राकृतिक सौन्दर्य र धार्मिक महत्त्व बोकका जिल्लाका छेडेदह बूढीनन्दा, त्रिवेणीलगायत तालको अस्तित्व संकटमा परेको छ । जिल्लाका विभिन्न स्थानमा रहेका तालको संरक्षणमा सम्बन्धित निकायको ध्यान पुग्न नसकेको स्थानीय बासिन्दाहरूको आरोप छ ।
नेपाल सरकारले बाजुरालाई पर्यटकीय वर्षको रूपमा मनाउने घोषणा गरेको भए पनि त्यहाँका प्राकृतिक स्रोतबारे कुनै चासो दिएको पाइँदैन् । जिल्लाका पर्यटकीय दृष्टिकोणले महत्त्व बोकेका तालहरू झनै संकटना परेका छन् । संरक्षण अभावमा तालहरूमा झारपात उर्मेर, गाईगोरु, जंगली जनावरले  खाल खेल्ने ठाउँको रूपमा परिणत भएको छ । यसैकारण कोल्टी गाविसमा रहेको जिल्लाकै ठूलो ताल बूढीनन्दाको सौन्दर्यता घट्दै गएको छ ।
जिल्लाको आर्थिक उपार्जनका लागि पर्यटन विकास र स्थानीय स्रोतसाधनको प्रयोग गर्न जरुरी हुँदा पनि बाजुरामा भने पर्यटन विकासका विषयमा कुनै कार्यक्रमनै सञ्चालन नगरेको प्रति जिल्लाबासीको आपत्ति छ ।
यी तालहरू वन्यजन्तुका लागि पानी पिउन मात्रै नभई विभिन्न प्रजातिका चराचुरुंगीको बासस्थानसमेत हो । त्रिवीणी, छेडेदह र बूढीनन्दा तालले  आफ्नो मौलिकता गुमाउँदै गएपछि चराचुरुंगीको बासस्थानसमेत संकट परेको छ । जिल्लामा रहेका तालहरूको संरक्षणका लागि मुख्य सरोकार राख्ने निकाय उद्योग वाणिज्य संघले पनि कुनै पहल नगरेको उनीहरूको आरोप छ । बाजुरामा रहेको बूढीनन्दा ताल सुदूरपश्चिमकै प्रख्यात ताल भए पनि हाल यसको अवस्था नाजुक हँुदै गइरहेको छ । तर, सरोकारवाला निकायले भने यसप्रति कुनै वास्ता गरेको देखिँदैन् ।

प्रतिक्रिया