विद्युत् आयोजनाका काम छिटो गर्न निर्देशन

Shankar-Koirala-Budgetकाठमाडौं, ११ असोज । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले बजेट वक्तव्यमा परेका राष्ट्रिय प्राथमिकता प्राप्त विद्युत् आयोजनाहरुको काम युद्धस्तरमा अघि बढाउन निर्देशन दिएका छन् ।
नेपाल विद्युत प्राधिकरणका उच्च अधिकारीहरुसँग अर्थ मन्त्रालयमा आज (शुक्रबार) भएको छलफलमा मन्त्री कोइरालाले त्यसका लागि मन्त्रालयले तत्काल थप एक अर्ब रुपियाँ दिने बताए ।
सरकार आफैंले बनाउन लागेका परियोजना समयमै सम्पन्न गर्न परेका नीतिगत, व्यावहारिक र प्रक्रियागत सुधार समन्वय गरेर अघि बढाउने प्रतिवद्धता उनले व्यक्त गरे । मन्त्री कोइरालाले त्यसका लागि राष्ट्रिय योजना आयोग, सरोकारवाला मन्त्रालयहरुसंग बसेर समाधान खोज्ने विश्वास दिलाए ।
उनले बन र स्थानीय स्तरमा उब्जिएका झिनामसिना समस्याले राष्ट्रिय आयोजनाहरु नै प्रभावित भएको गुनासो पनि गरे । उनले स्थानीय स्तरमा अबरोध भए मुआब्जा बढाएर पनि जानुपर्ने सुझाव दिए ।
सरकारले लागू गरेका लोडसेडिङ न्यूनिकरण कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाउन आग्रह गर्दै कोइरालाले स्वदेशी विद्युत आयोजना निर्माणका सामग्रीमा एकप्रतिशत मात्र भन्सार शुल्क सीमित गरिने जानकारी दिए ।

प्रतिक्रिया