डूबेको निगमलाई फेरि दुई अर्व ऋण

simhadarbarकाठमाडौं, १० असोज । सरकारले कतारका लागि नेपाली राजदूत मायाकुमारी शर्मालाई फिर्ता बोलाउने निर्णय गरेको छ ।
सिंहदरबारमा आज (बुधबार) बसेको मन्त्रिपरिषद बैठकले राजदूत शर्मालाई फिर्ता बोलाउने निर्णय गरेको हो । शर्मा विवादमा परे पछि सरकारले फिर्ता बोलाउने निर्णय पुगेको थियो । शर्मा एमाओवादीको सिफारिसमा राजदूत बनेकी हुन् ।
यसैबीच, सरकारले पेट्रोलियम पदार्थको ढुवानी आपूर्ति सहज बनाउन नेपाल आयल निगमलाई ऋण उपलब्ध गराउने निर्णय गरेको छ । त्यसका लागि सरकार जमानी बसेर निगमलाई नागरिक लगानी कोषबाट १ अर्ब र कर्मचारी सञ्जय कोषबाट १ अर्ब गरी २ अर्ब ऋण उपलब्ध गराउन सिफारिस गर्ने निर्णय भएको सरकारका प्रवक्ता पौडेलले बताए । सरकारको जमानीमा निगमले १३ अर्बभन्दा बढी ऋण लिइसकेको छ ।
नेपाल बिद्युत प्राधिकरणको सञ्चालक समिति अध्यक्षमा ऊर्जा मन्त्रालयका सचिव विश्वप्रकाश पण्डितलाई नियुक्त भएका छन् । गुढी संस्थानको रिक्त प्रशासन पदको जिम्मेवारी अर्को व्यबस्था नभएसम्मका लागि अध्यक्ष पञ्चलाल महर्जनलाई दिने निर्णय गरेको मन्त्री पौडेलले जानकारी दिए ।
सरकारले सार्क महासचिवको रिक्त पदमा नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयका सचिव अर्जुनबहादुर थापालाई सिफारिस गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषदले पिछाडिएको समुदाय उत्थान विकास समितका उपाध्यक्ष भरतप्रसाद महतोको राजीनामा स्वीकृत गरेको छ । उनले राजीनामा दिएका थिए ।
सहसचिव बालकृष्ण घिमिरेलाई सामान्य प्रशासन, चन्डिप्रसाद दाहाललाई सूचना आयोग र ध्रुवप्रसाद ढकाललाई नेपाल ट्रष्टको कार्यालयमा सरकारले सरुवा गरेको छ ।

प्रतिक्रिया