क्रिष्चियन होस्टेलामा राख्न ‘मानव’ तस्तकरी

Kailali-Balakधनगढी, १० असोज । भारत लैजान लागिएका २३ नाबालकको प्रहरीले उद्धार गरेको छ । नाबालक ओसारपसार संलग्न चार जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
धनगढीस्थित त्रिनगर भन्सार नाकाबाट बुधबार चार बालकलाई उद्धार गरिएको प्रहरीले जनाएको छ ।
उद्धार भएकामा कालीकोट जिल्लाबाट १९ र डोटी जिल्लाका चार जना बालक छन् । उनीहरुको उमेर ५ देखि १५ वर्षसम्म छ ।
बालकहरुलाई भारत लैजाने कार्यमा संलग्न कालीकोट जिल्ला कालीका–९ का ३२ वर्षीय पूर्ण सेजुवाल, ५० वर्षीय जयसुर सेजुवाल, ४४ वर्षीय अजिपाल महतरा र १९ वर्षीया धनमाया घर्तीमगरलाई नियन्त्रणमा लिएको प्रहरीले प्रहरी प्रवक्ता नायव उपरीक्षक ऋषिराम कँडेलले बताए ।
भारतको भिराखिरी, लखीमपुरस्थित क्रिष्चियन होस्टेलमा राख्न बालकहरुलाई बिना अनुमति लगेर जान लागेको बयान पक्राउ परेका धनमायाले दिएकी छन् ।
उद्धार गरिएका बालकहरुमा कालिकोटका ७ वर्षीय गोपाल महतारा, ६ वर्षीय सुरेश सेजुवाल, ११ वर्षीय सुरज बिक, ९ वर्षीय बसन्त घर्तीमगर, १० वर्षीय ओपीन सेजुवाल, ८ वर्षीय रवीन्द्र सेजुवाल, १० वर्षीय चक्रबहादुर बिक, ११ वर्षीय टेक सेजुवाल, ७ वर्षीय दिनेश सेजुवाल, १० वर्षीय निराजन सेजुवाल, १३ वर्षीय बखत महतारा, ८ वर्षीय सागर सुनार, १५ वर्षीय सुनिल सुनार, ५ वर्षीय महेन्द्र रहेका छन । महेन्द्रको थर खुल्न सकेको छैन ।
त्यस्तै, १२ वर्षीय मुकेश बोहरा, ८ वर्षीय अस्त महतारा, ७ वर्षीय पपीन सेजुवाल, १३ वर्षीय सन्तोष बिक, १२ वर्षीय गोरख महतारा, १० वर्षीय कमल परियार, ९ वर्षीय सुनिल बिक, १० वर्षीय बिबेक सेजुवाल र १२ वर्षीय कुसन सेजुवाल रहेको नायव उपरीक्षक कँडेलले जानकारी दिए ।

प्रतिक्रिया