गौरवका आयोजनामा स्रोतको अभाव हुँदैन

sarkar logoकाठमाडौं, ९ असोज । सरकारले राष्ट्रिय गौरवका २१ वटा आयोजनामा रकम अभाव हुन नदिने जनाएको छ । सिंहदरबारमा आज (बुधबार) भएको समीक्षा बैठकमा २१ वटै आयोजनाहरुमा साधन र स्रोत अभाव हुन नदिने मन्त्रिपरिषद्को कार्यालयका सचिव कृष्णहरि वास्कोटाले जानकारी गराए । उनले वार्षिक कार्ययोजना निर्माण गरी बहुवर्षीय ठेक्का लगाई काम गर्न समेत आग्रह गरे ।
राष्ट्रिय गौरवका आयोजनामा नतिजामा आधारित कार्य सम्पादन करार गर्नु पर्ने जनाएका बास्कोटाले अनलाईन पद्धतिमा प्रगति पठाउन सम्बन्धित पदाधिकारीहरुलाई निर्देशन दिए ।
राष्ट्रिय गौरव अन्तर्गतको सिक्टा सिंचाईमा हालसम्म ७ अर्व ८९ करोड खर्च भैसकेको छ । सिंचाईको हेडवक्स निर्माण हुनका साथै ३५ किलो मिटर मूल नहर निर्माण कार्यको अन्तिम चरणमा छ ।
७ सय ५० मेगा वाटको पश्चिम सेती जल विद्यूत आयोजनामा चीनको थ्री गर्जेज् कम्पनीले लगानी गर्ने गरी लगानी बोर्डले काम गरिरहेको छ । ६ सय मेग वाटको बुढी गण्डकी जल विद्युत आयोजनाको फिजिविलिटी स्टडी तयार गर्ने कामममा फेन्च कम्पनी संलग्न रहेको जारी विज्ञप्तिमा उल्लेख छ ।
४ सय ५६ मेगा वाटको माथिल्लो तामाकोशी जल विद्यूत आयोजनाको १६ किलो मिटर टनेल मध्ये ११ दशमलव ३ किलो मिटर टनेल तयार भएको छ ।

प्रतिक्रिया