बार्सा विजयी यात्रामा

Barcelona+v+UDस्पेन : डिफेन्डिङ च्याम्पियन बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा विजयी यात्रा कायमै राखेको छ । लगातार पाँचाँै जित निकाल्ने क्रममा बार्साले रायो भालेकानोलाई ४–० ले हरायो । बार्साबाट पेड्रो रोड्रिगेजले ह्याट्रिक गरे । भालेकानोको घरेलु मैदानमा पेड्रोले ३३ मिनेटमा गोलको खाता खोलेका थिए । ३६औँ मिनेटमा भालेकानोले पेनाल्टी प्रहारको अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न नसक्दा ठूलो मूल्य चुकाउनुपर्‍यो । बार्सिलोनका गोलकिपर भिक्टर भाल्डेसले पेनाल्टी रोकेका थिए । ४७औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेका पेड्रोले ७२औँ मिनेटमा ह्याट्रिक पूरा गरेका थिए । बार्सिलोनाबाट सेस फाब्रिगासले थपएक गोल गरे । जितपछि बार्सिलोना पाँच खेलबाट १५ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ । अर्को खेलमा एथलेटिको म्याड्रिडले रियल भलाडोलिडलाई २–० गोल अन्तरले पराजित गरेको छ । जितपछि ५ खेलबाट १५ अंक जोडेको एथ्लेटिको गोल अन्तरमा बासिर्लोनाभन्दा पछि रहँदै दोस्रो स्थानमा छ ।

प्रतिक्रिया