एक्सेल्सियर र रेडिअन्ट फाइनलमा

Basketballकाठमाडौं, ७ असोज । डिफेन्डिङ च्याम्पियन आयोजक द एक्सेल्सियर स्कुल र रेडियन्ट पब्लिक तेस्रो द एक्सेल्सियर कपअन्तर्गत जुनियर ब्वाइज बास्केटबलतर्फ आइतबार फाइनलमा प्रवेश गरेका छन् । स्वयम्भूस्थित घरेलु कोर्टमा भएको सेमिफाइनलमा एक्सेल्सियरले अरूणोदयमाथि २२–२१ को कठिन जित दर्ता गर्‍यो । विजेताका निमा फेन्जो गुरूङले ८ अंक जोडे । रेडिअन्टले द स्काइलार्क स्कुललाई ४०–२५ ले पराजित गर्‍यो । रेडिअन्टका अनिल चौधरीले १२ अंक जोडे । सिनियर ब्वाइजमा ड्याफोडिल र डिफेन्डिङ च्याम्पियन निम्सले उपाधि भिडन्त पक्का गरे । ड्याफोडिलले स्काइलार्कको यात्रा ४६–३६ ले पूर्णविराम लगायो । ड्याफोडिलको जितमा अमिन तामाङले १७ अंक योगदान गरे । विकास नकर्मीको १६ अंक सहयोगमा निम्सले एलआरआईलाई ४९–४६ ले निराश पार्‍यो ।
फुटबल : सेमिफाइनल समीकरण पूरा
एक्सेल्सियर कपअन्तर्गत जुनियर ब्वाइजको फाइभ ए साइड फुटबलमा सेमिफाइनल समीकरण पूरा भएको छ । सेमिफाइनलमा एलआरआईले काठमाडौं भ्यालीसँग खेल्नेछ भने रिब्सले काभ्याको सामना गर्नेछ । क्वाटरफाइनलमा एलआरआईले गीताञ्जलीलाई २–० गोलले पराजित गर्‍यो । दुवै गोल भुवन भण्डारीले गरे ।
काठमाडौं भ्यालीले एप्पल एकेडेमीको चुनौती ५–२ ले समाप्त पार्‍यो । विजेताका ओम खड्काले ४ तथा रोहन प्रधानले १ गोल गरे । एप्पलको तर्फबाट दुवै गोल सुमन तुलावारले फर्काए । रिब्सले डिफेन्डिङ च्याम्पियन दीपज्योतिलाई टाइब्रेकरमा २–० ले पन्छायो । रिब्सका कुनाल भारती र संगम कार्कीले पेनाल्टी अवसरलाई सदुपयोग गरे । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएको थियो । काष्ठमण्डपविरुद्धको खेलमा काभ्या २–० ले विजयी भयो । काभ्याका सञ्जय खत्री र दीपेश श्रेष्ठले १–१ गोल गरे ।

प्रतिक्रिया