सैलुन उद्घाटनमा झुल्किए– धिरेन र मेलिना

dhiren-and-melinaकाठमाडौं : कुनै समयका चर्चित अभिनेता धिरेन शाक्य र अभिनेत्री मेलिना मानन्धर चलचित्रमा नदेखिएको पनि धेरै भइसकेको थियो । ठूलो पर्दामा देखिनै छोडेका धिरेन र करिस्मा प्राय: सार्वजनिक कार्यक्रममा पनि कमै देखिन्थे । तर, उनीहरू बिहीबार एउटा कार्यक्रममा सँगै देखिए ।
कलाकार रश्मि घिमिरेले खोलेको ब्युटी सैलुनको उद्घाटनमा अभिनेता धिरेन र अभिनेत्री मेलिना देखिएका हुन् । अभिनेत्री मेलिनाले आफू नेवारी फिल्म र विज्ञापनमा व्यस्त भएकाले नेपाली फिल्ममा समय दिन नसकेको बताइन् । धिरेन भने अन्य व्यवसायमा संलग्न हुन थालेपछि चलचित्रमा मात्र होइन, सार्वजनिक कार्यक्रममै देखिन छोडेका हुन् । उनले तत्काल अभिनयमा फर्किने सम्भावना नरहेकोसमेत बताए । धिरेन र मेलिना चलचित्रमा कुनै बेलाका हिट जोडीसमेत हुन् । ज्ञानेश्वरमा खोलिएको रोशा ब्युटी सैलुनमा पार्लर, मसाज, स्पा र तालिमको व्यवस्था रहेको नायिका घिमिरेले जनाइन् । (सौस)

प्रतिक्रिया