कान्जिरोवा र लक्की ब्वाइज क्वाटरफाइनलमा

काठामडौं : कान्जिरोवा युथ क्लब र गणेश फुटबल क्लब दोस्रो खुला पुरुष सिक्स ए साइड फुटबल प्रतियोगितामा बिहीबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
कान्जिरोवाले गुरु गणेश फुटबल क्लबलाई टाइब्रेकरमा ४–१ गोलअन्तरले पराजित गर्‍यो । निर्धारित ४० मिनेटको खेल गोलरहित बराबरीमा टुंगिएको थियो । त्यस्तै लक्की ब्वाइजले सानो गौचरण युथ क्लबलाई ४–१ ले हरायो ।
लक्कीका सुरज राउतले ह्याट्रिक गरे भने सिद्धान्त बस्नेतले १ गोल थपे । सानो गौचरणका सुरज थापाले सान्त्वना गोल गरे । चावहिल स्पोर्ट्स क्लबद्वारा आयोजित प्रतियोगितामा टिकी टाका र ग्रिन नेपालले पनि क्वाटरफाइनलमा स्थान सुरक्षित गरे । टिकी टाकाले चावहिल गणेश बचत ग्रुपलाई सडनडेथमा पाखा लगायो । ग्रिन नेपालले साइपाल एकेडेमीलाई १–० गोलले पाखा लगायो । विजेताका टोप बिष्टले निर्णायक गोल गरे ।

प्रतिक्रिया