कालिकोटमा चक्कु प्रहार गरी हत्या

hatya 4कालिकोट, ३ असोज । कालिकोट जिल्लामा चक्कु प्रहारबाट २१ वर्षीय सुदन शाहीको मृत्यू भएको छ ।
मेला हेर्न आएका बेला बुधबार बेलुका पाखा­८ का शाहीलाई अपरिचित समूहले चक्कु प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ । चक्कु प्रहार गर्ने समूहको पहिचान हुन सकेको छैन ।
खोर महादेव­२, मालिका मन्दिरमा मेला हेर्न आएका शाहीलाई पछाडिबाट घांटीमा चक्कु प्रहार भएको थियो । उनको जुम्लास्थित अस्पतामा उपचारका क्रममा मृत्यू भएको थियो ।

प्रतिक्रिया