रोनाल्डोको ह्याट्रिकसँगै रियालको दमदार सुरुआत

Ronaldoमेड्रिड, ३ भदौ । सर्वाधिक आम्दानी गर्ने फुटबलर क्रिस्ट्रियानो रोनाल्डोले महत्त्वपूर्ण ह्याट्रिक गरेपछि रियाल म्याड्रिडले यस वर्षको युरोपेली च्याम्पियन्स लिगमा सानदार सुरुआत गरेको छ । रियालले टर्किस क्लब गालातासारेलाई इस्तानबुलमा ६–१ ले हराएको हो ।

रोनाल्डोले रियलबाट ६३, ६६ र ९० मिनेटमा गोल गरे । ह्याट्रिकस‘गै च्याम्पियन्स लिगमा रोनाल्डोको गोलसंख्या ५३ पुग्यो । च्याम्पियन्स लिगमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा रोनाल्डो रुड भान निस्टोरोयभन्दा पछि पर्दै तेस्रो स्थानमा छन् । रियाल म्याड्रिडको जितमा करिम बेन्जामाले दुई तथा इस्कोले एक गोल गरेका थिए । च्याम्पियन्स लिगमा इटालियन च्याम्पियन युभेन्टस् कोपेनहेगनमा बराबरीमै रोकिएपछि म्याड्रिड स्पष्ट ३ अंकसहित समूह ‘बी’ को सुरुआती खेल सकिँदा शीर्ष स्थानमा रह्यो ।

प्रतिक्रिया