कर्मचारी संघको आपत्ति

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघका महिला उपाध्यक्ष सरस्वती केसीमाथि अखिल नेपाल फुटबल संघका अध्यक्ष गणेश थापाले अमानवीय व्यवहार गरेको आरोप लगाउँदै कर्मचारी संघले मंगलबार विज्ञप्ति जारी गरेको छ ।
साफ च्याम्पियनसिपको आठौँ संस्करणको तयारी भइरहेको समयमा १४ भदौमा परिषद्मा कार्यरत कर्मचारीले बिना रोकतोक प्रतियोगिता हेर्न पाउनु पर्ने कुरा राख्दै गणेश थापालाई दशरथ रंगशालामा भेटी सामान्य कुरा राख्ने क्रममा कर्मचारी संघका थानाम गालीगलौज गरिनुका साथै अभद्र र दुव्र्यवहार भएको विज्ञप्तिमा उल्लेख छ । राष्ट्रकै प्रतिष्ठासँग गाँसिएको उक्त खेलमा नकरात्मक असर नपरोस भन्ने सोचसहित तत्काल विज्ञप्ति सार्वजनिक नगरिएको जनाइएको छ । ३० भदौमा कर्मचारी संघको कार्य सम्पादन समितिको बैठकले कर्मचारी संघ, सम्पूर्ण कर्मचारी र परिषद्माथि नै धावा आउने किसिमले अभद्र र दुव्र्यवहार गरेको ठहर गरी कर्मचारी संघले घोर भत्र्सना गरेको छ । साथै संघले थापाबाट भएको दुव्र्यवहार फुटबल संघकै आचारसंहिताविरुद्ध भएको जनाउँदै युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् र सम्बन्धित निकायबाट कारबाही हुनु पर्ने जनाएको छ ।
त्यसैगरी, नेपालमा आयोजना तथा समापन भएको आठौँ साफ च्याम्पियनसिपका लागि नेपाल सरकासबाट प्राप्त रकम, दातृ संस्थाबाट, आन्तरिक स्रोत, दर्शकको टिकट बिक्री बापत र विज्ञापनसहितको हरहिसाब सार्वजनिक गर्नु पर्ने माग राखिएको छ । (सौस)

प्रतिक्रिया