राप्रपाबाट ४० जिल्लाको टुंगो

काठमाडौं, २ असोज । घोषित संविधानसभा निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्रपार्टीले ४० जिल्लाबाट प्रत्यक्षतर्फको उम्मेदवारहरूको नाम टुंगाएको छ ।

४ मंसिरमा निर्धारित निर्वाचनका लागि विवाद नभएका कारण राप्रपाबाट उनीहरूको नाम सर्वसम्मत भएको हो । पार्टी प्रवक्ता किरण गिरीका अनुसार सर्वसम्मत भएका उनीहरूको नाम टुंगाइएको जानकारी गराए । मंगलबारदेखि सुरु भएको संसदीय समितिको बैठकले प्रत्यक्षतर्फका उम्मेदवारहरूको नाम टुंगाएको हो । ‘सर्वसम्मत भएका उम्मेदवारहरू नामटुंगिएको छ । समितिको बैठकले ४० जिल्लाबाट प्रत्यक्षतर्फको नाममा निर्णय गरेको छ,’ गिरीले भने । अन्य दुई सय पाँच क्षेत्रको प्रत्यक्षतर्फ र समानुपातिक सबै उम्मेदवारहरूको नाम तीन दिनसम्म चल्ने बैठकले टुंगाउने गिरीले बताए ।
राप्रपाले पार्टी पशुपतिशमशेर
जबरा, सिन्धुपाल्चोक–३, लोकेन्द्रबहादुर चन्द बैतडी, प्रकाशचन्द्रर लोहनीनुवाकोट–१ बाट उम्मेदवार हुने निर्णय गरेको छ । पहिले पार्टी अध्यक्ष सूर्यबहादुर थापालाई धनकुटा–२ बाट प्रत्यक्षतर्फ उठाउने निर्णय गरेको समितिले पछि समानुपातिकमा राखेको छ । पार्टीले थापालाई प्रत्यक्षतर्फ उम्मेदवार तय गरेपछि नउठ्ने बताएका थिए । थापाले स्वास्थ्य अनुकूल नभएका कारण चुनावमा उम्मेवदार नबन्ने बताएका थिए । पछि समितिको बैठकले सच्चाउँदै उनलाई समानुपातिकतर्फ पहिलो नम्बरमा राख्ने निर्णय गरेको छ ।
यसैगरी, विष्णुविक्रम थापा सिन्धुपाल्चोक–२, दीपक बोहरा रून्देही १ र २, विक्रमपाण्डे चितवन, प्रतिभा राणा बर्दिया, गोविन्दविक्रम शाह जाजरकोट, फत्तेसिंह थारू बाँके–४ प्रेमबहादुर भण्डारी बाँके–१, बुद्धिमान तामाङ धादिङ–१ र सुनीलबहादुर थापा धनकुटा–१ बाट प्रत्यक्षमा उम्मेदवार हुने निर्णय गरेको छ ।
यस्तै, धनुषा ४ बाट विष्णुप्रताप मल्ल, कैलाली–४ बाट मोहनराज मल्ल, दाङ–४ बाट सानु मजगैया, दाङ–१ बाट दिनेश न्यौपाने, काठमाडौं–४ बाट भुवन पाठक कास्की–१ बाट सूर्यबहादुर केसीको उम्मेदवारी तय गरिएको गिरीले जानकारी गराए । समानुपातिकबाट ठाकुरप्रसाद शर्मालाई धादिङ–३ र गिरी काठमाडांै–९ बाट परेका छन् ।

प्रतिक्रिया