‘ब्लु फिल्म हेरे पनि सेक्स अनुभव छैन’

राम्रो क्षमता देखाउँदैअगाडि बढ्दै गरेकी मोडेल मीना जिरेल नेपाली कला क्षेत्रमा भर्खरै पहिचान बनाउँदै छिन् । आधा दर्जन गीतमा मोडलिङ गरिसकेकी उनी राम्रो ब्यानरको खोजीमा छिन् ।
करिब दुई दशक उमेर पुगेकी मीनाको इच्छा नेपाली चलचित्रमा खेल्नेछ । प्रशस्त गीतमा मोडलिङ गरे पनि उनले चलचित्रमा खेलेकी छैनन् । चलचित्रका लागि कुराकानी भइरहेको बताउने मीना राम्रो ब्यानरमा चलचित्र खेल्न मन छ भन्छिन् ।
‘चलचित्रमा खेल्नका लागि कुराकानी भइरहेको छ,’ उनले भनिन्, ‘मोडलिङका लागि भने समस्या छैन Meena-Jirel-।’ अब मीनाको धोको चलचित्रमा राम्रो भूमिकामा अभिनय गर्नेछ । त्यसका लागि उनी ज्यान छाडेर लागेकी पनि छन् ।
अभिनय र नृत्य दुवैमा राम्रो क्षमता रहेको उनको दाबी छ । ‘राम्रो क्षमता भएकाले अवश्य पनि म उद्देश्यमा सफल हुनेछु,’ मीनाले भनिन् ।
सानो छँदा कला क्षेत्र उनलाई खुबै मन पथ्र्यौ । सोही सोखका कारण मीनाले आफ्नै गाउँ सिन्धुपाल्चोकको चोकटीबाट मोडलिङ पनि सुरु गरिन् । उनले पहिलोपटक थामी भाषाको ‘थाङ्मी’ डकुमेन्ट्रीमा अभिनय गरेकी थिइन् । डकुमेन्ट्रीको अभिनयकै कारण उनलाई मोडलिङ क्षेत्रमा प्रवेश गर्न सजिलो भएको थियो ।
‘मलाई डकुमेन्ट्रीले मोडलिङ क्षेत्रमा आउन सजिलो बनायो,’ उनले भनिन, ‘मोडलिङका लागि खासै समस्या भएको छैन ।’ कला क्षेत्रमा प्रवेश गर्दा शारीरिक शोषणको समस्या मीनाले अहिलेसम्म भोग्नुपरेको छैन ।
कला क्षेत्रमा लाग्न घर परिवारबाट सहयोग पाइरहेको मीनाको भनाइ छ । ‘घर परिवारबाट सहयोग पाइरहेकी छु,’ उनले भनिन् ।
कला क्षेत्र बद्नाम छ नी ? भन्ने जिज्ञासामा उनले भनिन्, ‘सबै क्षेत्र बद्नाम हुँदैन ।’ उनको बुझाईमा कला क्षेत्र राम्रो र सुन्दर छ । कुनै एक व्यक्तिका कारण समग्र कला क्षेत्रलाई बद्नाम भन्न हुँदैनन्, उनी भन्छिन् ।
मोडलिङ क्षेत्रमा आइसकेपछि प्रेम प्रस्ताव पनि त आए होलान् नी ? भन्ने प्रश्नमा उनले भनिन्, ‘मोडलिङ क्षेत्रमा लागेपछि प्रेम प्रस्ताव आएका छन् ।’ मीना तत्काल विवाह गर्ने पक्षमा छैनन् । आफ्नो लक्ष्य पाएपछि मात्रै विवाहको
बारेमा सोच्ने उनको विचार छ ।
सेक्सलाई मीनाले धेरै महत्त्व दिने गरेकी छैनन् । ‘सेक्स प्राकृतिक देन हो,’ उनले भनिन्, ‘तर मैले अहिलेसम्म सेक्सको अनुभव लिएकी छैन ।’
बजारमा पाइने ब्लु फिल्म भने मीनाले हेर्न भ्याएकी रहिछिन् । मिल्ने केटी साथीको मोबाइलमा रहेको ब्लु फिल्म उनले केही समयअघि पहिलोपटक हेरेकी रहिछिन् । ‘ब्लु फिल्म हेर्ने विषय धेरै ठूलो होइन,’ मीनाले भनिन्, ‘इन्टरनेटमा युट्युबबाट अधिकांश टिनेजरले हेर्ने कुरा कतै छिपेको छैन ।’

प्रतिक्रिया