दिदी–बहिनीको भिडन्त

Parineeti-Chopra 5लिउड फिल्म ‘चेन्नाई एक्सप्रेस’ले बक्स अफिसमा धमाका मच्चाइरहेका बेला भर्खरै रिलिज भएको अर्को चलचित्र ‘शुद्ध देशी रोमान्स’ले नयाँ रेकर्ड बनाउने अनुमान गरिएको छ । अघिल्लो साता रिलिज भएका दुई फिल्म ‘शुद्ध देशी रोमान्स’मा नायिका परिणीति चोपडा छिन् भने ‘जन्जिर’मा उनकी दिदी प्रियंका चोपडाको अभिनय छ । प्रियंका अभिनीत फिल्म ‘जन्जिर’ फ्लप जस्तै भएको छ भने ‘शुद्ध देशी  रोमान्स’ले अहिले बलिउडमा हंगामा मच्चाइरहेको छ । यी दुवै चोपडा दिदी–बहिनीबीचको फिल्मी युद्धमा बहिनी परिणीतिले दिदी प्रियंकालाई नराम्ररी पछारेकी छिन् ।
जन्जिरले रिलिज भएको पहिलो तीन दिनमा १२ करोड भारतीय रुपियाँ मात्र कमाएको छ  । फिल्म विश्लेषकले यसलाई यस वर्षकै फ्लप फिल्मको संज्ञा दिएका छन् । यता जन्जिरभन्दा कम बजेट र थोरै हलमा मात्र लागेको फिल्म शुद्ध देशी रोमान्सले भने बलिउडमा रेकर्ड बनाएको फिल्म चेन्नई एक्सप्रेसभन्दा राम्रो कमाइ गरिरहेको छ । शुद्ध देशी रोमान्सलाई युवाले सर्वाधिक मन पराएका छन् ।
चेन्नई एक्सप्रेसले २०२.६७ करोड कमाएको थियो, जुन बलिउडमा त्यसअघि निर्माण गरिएको फिल्म थ्री इडिएट्सको भन्दा करिब २० करोड भारतीय रुपियाँले बढी थियो ।

प्रतिक्रिया