रेडिअन्ट र गौरीशंकर फाइनलमा

काठमाडौं : आयोजक रेडिअन्ट र माउन्ट गौरीशंकर दोस्रो रेडिअन्ट अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजतर्फ फाइनलमा प्रवेश गरेका छन् ।
रेडिअन्टले बाबामाथि २१–२० को संघर्षपूर्ण जित हात पार्‍यो । विजेताका अनिल चौधरीले १० अंक जोडे । गौरीशंकरले विल्सनलाई ३२–१८ ले हरायो । गौरीशंकरको जितमा विनोद भुजेलले १७ अंक जोडे । सिनियर ब्वाइजमा विल्सन र निम्स फाइनलमा प्रवेश गरे ।
विल्सनले जेनिथलाई ४९–४३ ले हरायो भने निम्सले ग्रिनल्यान्डलाई ५४–३२ ले निराश पार्‍यो । विल्सनका सुनील मगरले १७ तथा निम्सका आकाश नकर्मीले १७ अंक जोडे । फाइनल शनिबार हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया