राजा र माओवादी अट्ने प्रजातन्त्र आवश्यक

Kamal-Thapaभक्तपुर, २६ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले चारदलको गैर चरित्रले राष्ट्रियतामा संकट परेको आरोप बताएका छन् ।
भक्तपुरमा आज (बुधबार) आयोजित कार्यक्रममा अध्यक्ष थापाले निर्वाचन निकास दिने माध्यम भए पनि प्रमुख दलहरुको व्यवहारले समस्या उत्पन्न भई रहेको बताए । ‘निर्वाचन विरोधी गतिविधि प्रमुख दलहरुले गरेका छन्,’ उनको भनाई छ ।
उनले राजा र माओवादीसहितका दल अटाउने प्रजातन्त्रको पक्षमा आफूहरु रहेको बताए । ‘हामी सधै राजसंस्थाको कुरा गरेका छैनौ,’ उनले भने, ‘राजा, माओवादी र दलहरु अटाउन सक्ने प्रजातन्त्रको खोजीमा लागेको छौं ।’

प्रतिक्रिया