द्वन्द्वकालमा राखिएको बम घर भित्र बिष्फोट

bombहुम्ला, २४ भदौ । हुम्लामा द्वन्द्वकालमा राखेको सकेट बम घर भित्रै बिष्फोट हुँदा दुई वर्षीय बालक घाईते भएका छन् । बिष्फोटले उनका बाबुको दाहिने आँखा पनि गुमेको छ ।
घरको माथिबाट सामान झार्ने क्रममा सकेट बिष्फोट हुँदा गुठी–१, कलसका ३३ बर्षीय लालबीर रोकाय गम्भीर घाईते भएका हुन् । लालबीरको शरीरका विभिन्न स्थानमा सकेट बमका छर्रा लागेका छन् ।
उनका २ बर्षीय छोरा लव रोकायलाई सकेट बमले छातीमा चोट लागेको छ । लवको अवस्था सामान्य छ ।
मेलथाम–४, लामा गुम्बास्थित फेद नामक संस्थामा लालबीरले उपचार गराई रहेको अवस्थामा प्रहरीले घटनाका बारेमा जानकारी पाएको थियो । सो जानकारी पाउने वित्तिकै उनलाई उपचारका लागि नेपालगञ्ज पठाएको प्रहरीले जनाएको छ ।
भदौ–२० गते लालबीरले आफ्नै घरको माथिल्लो तलाबाट सामान निकाल्ने क्रममा द्वन्द्वकालमा राखेको सकेट बम पड्किँएको थियो ।

प्रतिक्रिया