चुनावमा स्पष्ट बहुमत आउँछ : भट्टराई

Baburam-Bhattaraiधनगढी, २२ भदौ । एमाओवादीका नेता बाबुराम भट्टराईले बर्गीय स्वार्थ भएका केही समूहले संविधान सभाको निर्वाचन भाड्न खोजेको आरोप लगाएका छन ।
कैलालीको धनगढीमा आज (शनिबार) आयोजित कार्यक्रममा नेता भट्टराईले घोषित निर्वाचन हुन नदिन दरबारीयाका साथै बर्गीय स्वार्थ भएका समूह लागिपरेको बताए । ‘निर्वाचन भाँड्ने जतिनै षड्यन्त्र भएपनि चुनाव हुन्छ,’ उनले भने ।
निर्वाचन नचाहने शक्ति खासै ठूलो नरहेको भन्दै उनले चुनावमा नआउने दललाई जनताले ठेगान लगाउने उल्लेख गरे ।
परिवर्तन चाहने शक्तिको ४० प्रतिशत् मात्र मत आएकाले नयाँ संविधान बन्न नसकेको बताएका नेता भट्टराईले यसपटक निर्वाचनमा परिवर्तन चाहने पक्षधरले दुई तिहाई मत ल्याउनु पर्ने बताए ।
अबको निर्वाचनमा एमाओवादीले स्पष्ट बहुमत ल्याएर सरकार सञ्चालन गर्ने दाबी गरे । ‘एमाओवादीसहित परिवर्तनका पक्षधरले दुई तिहाई बहुमत ल्याई सरकारको नेतृत्व गर्नु पर्छ,’ उनले भने ।

प्रतिक्रिया