एमाओवादीको अहं नयाँ संविधानको बाधक

Prakashman-Shingक्तपुर, २१ भदौ । कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले एमाओवादीको सर्वसत्तावादी चिन्तनका कारण मुलुकले नयाँ संविधान पाउन नसकेको दोहर्‍याएका छन् ।
भक्तपुरमा आज (शुक्रबार) आयोजित कार्यक्रममा महमन्त्री सिंहले सर्वसत्तावादी सोंच र एमाओवादीको ठूलो शक्ति हुँ भन्ने अहंले विगतमा संविधान बन्न नसकेको बताए ।
उनले फेरि पनि एमाओवादी ठूलो शक्ति भए नयाँ संविधान नबन्ने बताए ।
‘अबको चुनावमा कांग्रेसलाई बहुमत दिनु पर्छ,’ उनले भने, ‘नयाँ संविधान कांग्रेसले मात्रै बनाउन सक्छ ।’
महामन्त्री सिंहले कांग्रेसले मात्रै मुलुकको राष्ट्रियता जोगाउने बताए । उनले भने, ‘राष्ट्रियता जोगाउने प्रमुख जिम्मेवारी कांग्रेसको काँधमा आएको छ ।’
मंसिर–४ को चुनाव अनिवार्य गर्नुपर्ने बताएका सिंहले नेता कार्यकर्ता प्रचार प्रसारमा लाग्नु पर्ने उल्लेख गरे । उनले भने, ‘तोकिएको समयमा निर्वाचन हुन नसके मुलुकमा सर्वसत्तावाद हाबी हुन्छ ।’
केन्द्रीय सदस्य गगन थापाले कांग्रेसले हारेर राष्ट्रले जित्छ भने सधैं हार्न तयार रहेको बताए । ‘कांग्रेसले हार्दा मुलुकले जित्छ भने सधै हार्न तयार छौं,’ उनले भने, ‘तर नयाँ संविधानका लागि कांग्रेसको बहुमत आवश्यक छ ।’

प्रतिक्रिया