‘प्राईभेट’ गोलमेच सम्मेलन मान्दैनौं : गजुरेल

CP Gajurelकाठमाडौ, २० भदौ । नेकपा–माओवादीका उपाध्यक्ष सीपी गजुरेलले संबैधानिक आधार नभएको गोलमेच सम्मेलन आफूहरुले मान्य नहुने बताएका छन् ।
काठमाडौंमा आज (बिहीबार) आयोजित कार्यक्रममा गजुरेलले पछिल्लो पटक दलहरुकाबीच भएको सहमति जस्तो संबैधानिक आधारबिनाको सर्वदलीय सम्मेलन नमान्ने बताए । उनले भने, ‘गोलमेच सम्मेलन अघि संविधानमा संशोधन गरेर त्यसलाई उल्लेख गर्नु पर्छ ।’
उनले दलहरुले आपसी सहमतिका आधारमा ‘प्राईभेट’ गोलमेच सम्मेलन गर्ने तयारी गरेको आरोप लगाए ।
‘संबैधानिक ब्यवस्था सहितको गोलमेच हुनु पर्छ,’ उनले भने, ‘प्राईभेट गोलमेच सम्मेलन स्वीकार्दैनौं ।’
उपाध्यक्ष गजुरेलले मुलुकलाई निकास दिन चुनावको मिति सार्नु पर्ने बताए । उनले विवादित रहेको निर्वाचनको मिति र सरकारको विषयमा आफूहरुले चुनाव स्वीकार्न नसक्ने दोहराए ।
सेना प्रयोग गरे मुलुकमा मुठभेड
नेपाली सेना प्रयोग गरेर जवरजस्ती निर्वाचन नगर्न उपाध्यक्ष गजुरेलले सुझाव दिए । ‘निर्वाचनमा सेना परिचालन भए त्यसले मुठभेड र द्धन्द्ध हुन्छ,’ उनले भने, ‘सेना प्रयोग गरेर गरिने निर्वाचनलाई कसैले पनि मान्यता दिने छैनन् ।’

प्रतिक्रिया