यौन व्यवसायीमा एचआईभीको संक्रमण

sexसिरहा, २० भदौ । सिरहाका विभिन्न स्थानका ५५ जनामा एचआईभी संक्रमित फेला परेका छन् । संक्रमित मध्ये ३३ पुरुष र २२ महिला छन् ।
एचआईभी/एड्स रोकथाम परियोजना अन्तर्गत कार्यक्रम सञ्चालन गरिरहेको इन्द्रेणी सेवा समाजले बुधबार सो तथ्याङ्क दिएको हो । संक्रमित मध्ये २१ जनाले नियमित औषधि सेवन गरिरहेका छन् ।
समाजका संयोजक निरञ्जन शाक्यका अनुसार अधिकांश संक्रमित २२ देखि ३५ वर्ष उमेर समुहका छन् ।
गरिबी, अशिक्षा र बेरोजगारीका कारण यौनकर्मी बनेका महिलाहरु र वैदेशिक रोजगारीमा गई असुरक्षित यौन सम्पर्क गरेका कारण पनि एचआईभीको संक्रमण भएको समाजको दाबी छ ।
सुईबाट लागूऔषध सेवन गर्ने, समलिङ्गी, तेश्रो लिङ्गी, महिला यौनकर्मी, प्रवासी कामदारका श्रीमती र संक्रमित महिलाहरु बढि संक्रमणको जोखिममा रहेको संयोजक शाक्यले जानकारी दिए ।
सिराहामा आर्थिक वर्ष २०७०/७१ को पहिलो दुई महिनामा ६ जना मात्रै संक्रमतिहरु फेला परेका छन् । फेला परेका संक्रमित अधिकांश राजमार्ग क्षेत्रको असपासमा बस्नेहरुमा एचआईभी संक्रमित फेला परेका छन् ।
एचआईभी संक्रमितको संख्या अधिराज्यभरि २१ हजार ५ सय ५१ छन् । जसमध्ये १३ हजार ७ सय १८ जना महिला र ७ हजार ८ सय १७ पुरुषमा संक्रमण देखा परिसकेको राष्ट्रिय एड्स नियन्त्रण केन्द्रको तथ्यांकमा उल्लेख छ । (फाईल तस्विर)

प्रतिक्रिया